नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ पुगेको छ। पछिलो पटक काठमाडौं चन्द्रगिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी अनुसार उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य छ र दुबै संक्रमित चिकित्सककाे सम्पर्कमा रहेका छन्।