भारतविरुद्ध विरोधमा उत्रिएका ५ प्रदर्शनकारी पक्राउ

नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको भन्दै विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र पावीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार भोजपुर सदरमुकामको जिरोप्वाईन्टस्थित सो समुहले ‘अतिक्रमण गरेको मातृभूमि फिर्ता गर, कालापनी, लिपुलेक हाम्रो हो’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका थिए ।

शान्तिपूर्वक विरोध प्रदर्शन गर्दा पनि प्रहरीले बलपूर्वक पक्राउ गरेको संयोजक गोपाल मोक्तानले आरोप लगाए ।

यता प्रहरीले उनीहरुलाई लकडाउनको अवज्ञा गर्दै सरकार विरोधी प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित मिति: : 2020-05-13 13:48:55

प्रतिकृया दिनुहोस्