जनकपुरमा भेटिएका एक संक्रमित पत्रकार, अन्य दुई मेडिकल र पुस्तक पसल सञ्चालक

जनकपुरका एकजना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय टेलिभिजनमा कार्यरत पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशमा राखिएको छ।

यसअघि मंगलबार पर्साका दुई पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित पत्रकारको सम्पर्कमा अरु धेरै पत्रकार पनि रहेकोले उनीहरुको पनि परीक्षणको तयारी भइरहेको छ।

यता जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ।  ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ। 

प्रहरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन्। उनले केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन्।  

संक्रमितलाई हाल जनकपुर अस्पतालमा राखिएको छ। उनीसँगै एक पुस्तक व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। यता अर्का संक्रमित महोत्तरीको बलवा नगरपालिका १६ वर्षीय पुरुष हुन्। 

उनीहरु सबैलाई मंगलबार कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको थियो। 

प्रकाशित मिति: : 2020-05-13 11:21:49

प्रतिकृया दिनुहोस्