फ्रान्समा २४ घण्टामा कोरोना संक्रमणबाट ३४८ मृत्यु

फ्रान्समा २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ सय बढीको मृत्यु भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टामा ३४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। योसँगै मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको छ। 

यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ। अन्यको मृत्यु स्याहार गृहमा भएको हो।

यस्तै कोरोना संक्रमितको संख्या एक लाख ७८ हजार हजार ३ सय ४९ पुगेको छ।

अमेरिकामा सबैभन्दा धेरै ८२ हजार २ सय ४६, बेलायतमा ३२ हजार ७ सय ६९ र इटालीमा ३० हजार ९ सय ११ र स्पेनमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-13 06:40:07

प्रतिकृया दिनुहोस्