अस्पतालमा तयारी नपुगेको भन्दै बर्दियाकी संक्रमितलाई क्वारेन्टाइनमै राखियाे

बर्दियाको राजापुर नगरपालिका –५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा पठाइएको छैन ।

बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए  पनि मंगलबार पनि क्वारेन्टाइनमै  राखिएको छ ।

संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संक्रमित बालिकालाई कोरोना अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए ।
 

प्रकाशित मिति: : 2020-05-12 14:33:27

प्रतिकृया दिनुहोस्