जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ्यो। सोमबार एकैदिन करिव १ हजार जना नयाँ संक्रमित देखिएका छन्। ९ सय ३३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ५ सय ८ पुगेको छ।
आइतबार जर्मनीमा ३ सय ५७ जनामा मात्र संक्रमण देखिएको थियो। संक्रमण र मृतकको संख्या घटेकै कारण जर्मनीले लकडाउन केही खुकुलो बनाएको थियो।
लकडाउन खुकुलो गरिनुका कारण पनि संक्रमित संख्य बढी देखिएको हुनसक्ने जनाइएको छ। हालसम्म जर्मनीमा ७ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ।
जर्मनीमा एक लाख ४५ हजार मानिस संक्रमण मुक्त भइसकेका छन्।
यता इटालीमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३० हजार नाघिसकेको छ। यस्तै स्पेन र फ्रान्समा २६ हजार बढी संक्रमितले ज्यान गुमाइसकेका छन्।