प्रदर्शनमा उत्रेका नेविसंघका अध्यक्ष ढुंगानासहित १०० भन्दा बढी नेता कार्यकर्ता पक्राउ (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले लिपुलेकअतिक्रमण गरेको विरोधमा आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगानासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

माइतीघरबाट सोमबार दिउँसो महामन्त्रीहरु बलदेव तिमिल्सिना, युवराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई, प्रभात दाहाल, नेविसंघ नेता उत्तम साउँदसहितका १०० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका हुन्।

भारतले लिपुलेकको नेपाली भूभाग मिचेर सडक निर्माण गरेको विरोमा नेपालमा अहिले प्रदर्शन चर्किरहेको छ।

प्रकाशित मिति: : 2020-05-11 17:26:31

प्रतिकृया दिनुहोस्