राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जितलाई कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल युएईको दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। 

‘कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य छ। आइसोलेसनमा बसिरहेको छु। तातो पानी खान्छु। ब्यालेन्स डाइटमा बसेको छु,’ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन्।

रन्जितले कोरोनासँग नआत्तिन सबैसँग आग्रह गरेका छन्।

‘फेसबुकमा मेरो जति पनि साथी भाई हुनुहुन्छ। नडराउनु होला, डराउनु पर्ने छैन। नर्मल लिदा हुन्छ। आफूले बार्नु पर्छ। फेरि मेरो सेकेण्ड रिजल्ट के आउँछ भन्छु। फेरि भिडियो पोष्ट गर्नुछ,’ उनले थपेका छन्।

रन्जितले कोरोनासँग नआत्तिन सबैसँग आग्रह गरेका छन्।रन्जित घरेलु फुटबल फ्रेण्ड्स क्लबबाट खेल्ने गर्थे। उनी सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए। 

प्रकाशित मिति: : 2020-05-11 16:11:40

प्रतिकृया दिनुहोस्