नेपालमा सोमबार एकै दिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै कपिलवस्तु जिल्लाका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ र अर्का एक जना उमेर नखुलेका पुरुष गरि १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन्।