ह्वाइट हाउसमा 'ॐ शान्ति' पाठ: होला त कोरोनाबाट उद्धार?

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:,. पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति:।
वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:,. सर्वँ शान्ति:, शान्तिरेव शान्ति:, सा मा शान्तिरेधि॥
ॐ शान्ति: शान्ति: शान्ति:॥

यो हिन्दू धर्मवालम्वीको एक महत्वपूर्ण मन्त्र हो। शान्ति मन्त्रका रूपमा सुपरिचित यो मन्त्र यजुर्वेदमा उल्लेख गरिएको छ।

यही मन्त्र अमेरिकी राष्ट्रपति कार्यालयमा गुञ्जिएको छ। कोरोना संकटबाट अमेरिकालाई मुक्त गर्न राष्ट्रपति डोनल्ड ट्रम्पको अनुरोधमा यो शान्तिमन्त्र पाठ गरिएको हो। शान्तिपाठका लागि न्युजर्सीमा रहेको स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टलाई ह्वाइट हाउसमा आमन्त्रण गरिएको थियो।

हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।
-डोनल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति

उनले यो मन्त्रको पृष्ठभूमी उल्लेख गर्दै पाठ गरे र अंग्रेजीमा पनि भावानुवाद गरिदिए । 

पुजारी ब्रम्हभट्टले शान्तिपाठ गरेपछि राष्ट्रपति ट्रम्पले उनलाई धन्यवाद दिदै अमेरिका भगवानमा विश्वास गर्ने देश भएको बताए। उनले अगाडि भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।’ 

ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले राष्ट्रिय प्रार्थना दिवशको अवसरमा शान्तिपाठ गरिएको बताउँदै यसबाट अमेरिकाको राम्रो हुने राष्ट्रपतिको विश्वास रहेको बताइन्। 

प्रकाशित मिति: : 2020-05-10 01:43:25

प्रतिकृया दिनुहोस्