सत्ताको मात् 

प्रितम पाण्डे

(म्यान्मार)

सत्ताको मात लागेर मान्छे मात्तिएको देखेँ
पैसाको मात लागेर मान्छे पात्तिएको देखेँ।

खुशी र सुख खातिर भाँचेका छन् जीवन नै
जब हुन्छन् असफल मान्छे च्यात्तिएको देखेँ।

बाँच्ने  प्रयाशमा  मान्छे  जे पनि  गर्न तत्पर
पाए विरोधको गन्ध मान्छे तात्तिएक‍ो देखेँ।

होचालाई  दबाएर   खुब   शासन  गर्दछ
नहुँदो  हाँक हाँकेर  मान्छे बात्तिएको देखेँ

कुत्ता  पनि  घरभित्र  भएर  सिंह  घुर्दछ
नवीनस्थानमा पुग्दा  मान्छे लाट्टिएको देखेँ।

थिएन क्यै हिजोसम्म  पद पायो जब यहाँ
चुँडेर जनको जेथा  मान्छे छाँट्टिएको देखेँ।

- गजल

प्रकाशित मिति: : 2020-05-09 17:48:23

प्रतिकृया दिनुहोस्