मेरा सपनाहरू

पुष्पा दुलाल

(म्यान्मार हाल-थाइल्यान्ड)

मलाई

मायाँ लाग्छ मेरो

पुर्ख्यौली गाउँको

हजुरबा जन्मेको ठाउँको

मैले कथाजस्तै सुनिआएको

हिमालमुनिको

रमणीय गाउँको

कस्तो छ होला!

नेपाल  जाने रहर छ मेरो

दुलाल बन्धुहरूसित

भेट्ने चाहाना छ मेरो

पहाडहरू चढेर

नदीहरू तरेर  पुगिन्छ रे

माथि टाकुराबाट

हजुरबा जन्मेको

घर-गाउँ देखिन्छ रे

हरियो वन

सिरसिरे हावा

पहाडको काखमा

बगेका ती पानीका

धारा

झर झर झर झरेका ती

सङ्गीतमय झरना

ती सुनकोसी तामाकोसी दूधकोसी

गण्डकी सेती काली

त्रिशूली र कर्णाली

त्यो माछापुच्छ्रे

त्यो फेवाताल धौलागिरी रारा

विश्वप्रसिद्ध सगरमाथा

ओहो! कति छन् कति मेरा

आँखाका सपनाहरू

यीनै सपनाहरू सजाएर हिँडेँ म

आफन्तहरूको खोज खबरमा

श्रीपशुपतिनाथलाई राखेर हिँडेँ

हृदयमा...

प्रकाशित मिति: : 2020-05-09 16:13:43

प्रतिकृया दिनुहोस्