लकडाउन 

ए कोरोना 
हामी मानवहरूलाई
लक्डाउन गराउन सफल भएँ भनी
तैले हामीलाई जितेँ भन्ठानेछस् ? 

तैले हामीलाई 
पूर्णरूपले लक्डाउन गर्न सकेको छैनस्।

हामी किताब पढ्छौ 
हामी शोध गर्छौ 
के हाम्रो अध्ययन लकडाउन भयो? 

हामी आफ्नो परिवारलाई माया गर्छौ
के हाम्रो माया लकडाउन भयो? 

हामी ध्यान गर्छौ प्रार्थना गर्छौ 
के हाम्रो श्रद्धा लकडाउन भयो?

हामी आफन्त र साथीहरूसँग नभेटेर के भो?
हामी भाईवर वीच्याट र मेसेन्जरमा घण्टौ बोलेका छौ 
के हाम्रो मित्रता लकडाउन भयो?

हा हा हा.... ए कोरोना 
लक्डाउन त तेरो हुन्छ अब केहि दिनमा 
तँलाई हाम्रा डाक्टरहरूले परास्त गराउने छन्
ख्याल गर... कोरोना 
हामी सबै मिलेर केहि दिन सम्म 
आफ्नो घर मै रमाए 
तँ आफै मरेर जान्छस 
तँ आफै विलयन भएर जान्छस। 
सावधान... कोरोना 
अब हामी सबै सचेत भैसकेका छौ। 


(एउटा अँग्रेजी भिडियोबाट प्रभावित)

प्रकाशित मिति: : 2020-05-09 14:00:00

प्रतिकृया दिनुहोस्