पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार कम हुँदैगएको इटालीमा फेरि मृतकको संख्या बढ्न थालेको छ।
युरोपियन युनियन भित्रका देशमा सबैभन्दा बढी प्रभावित इटाली शुक्रबार थप २४३ जनाको मृत्यु भएको छ। तर बिहीबारको तुलनमा मृतको संख्या कम हो। बिहीबार इटालीमा २७४ जनाको ज्यान गएको थियो।
योसँगै इटालीमा ज्यान गुमाउनेको कुल संख्या ३० हजार २०१ पुगेको छ। इटलीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १७ हजार १ सय ८५ छ।
संक्रमण रोकथामका लागि देशभर गरिएको लकडाउन हाल बिस्तारै बिस्तारै खोल्न थालिएको छ।
मिलान शहरमा मानिसहरु बाहिर निस्कन थालेका छन्, तर शहरका मेयरले भने यस्तो गर्दा समस्या विकराल हुने चेतावनी दिएका छन्।
संक्रमण दर पनि कम हुन थालेपछि लकडाउन केही खुकुलो पार्न थालिएको छ। तर डाक्टरहरुले ने मिलान शहरसहितका क्षेत्रमा अवस्था अझै पनि भयानक रहेको भन्दै चेतावनी दिएका छन्।