लिपुलेकसम्म बाटो बनाएकोमा राप्रपा अध्यक्ष थापाको विरोध

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन्।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले शुक्रबार एक ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन्। थापा पहिलाे चोटी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री थिए ।

‘लिम्पियाधुरारलिपुलेक नेपाली भुमी हो।त्यहॉ रहेका भारतीय सेना फिर्तागर्नुको सट्टा लिपुलेकसम्म बाटोबनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ।भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु,’उनले लेखेका छन्, ‘यसवारे नेपाल सरकारको उदासिनता खेदजनक छ।यसवारे अविलम्ब आबश्यक कदम चाल्न सरकारसँग माग गर्दछु।’

लिम्पियाधुरा/लिपुलेक नेपाली भुमी हो।त्यहाॅ रहेका भारतीय सेना फिर्तागर्नुको सट्टा लिपुलेकसम्म बाटोबनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ।भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु।यसवारे नेपाल सरकारको उदासिनता खेदजनक छ।यसवारे अविलम्ब आबश्यक कदम चाल्न सरकारसंग माग गर्दछु

— Kamal Thapa (@KTnepal) May 8, 2020
प्रकाशित मिति: : 2020-05-08 21:23:57

प्रतिकृया दिनुहोस्