राहत प्याकेज खोजिरहेका जनतालाई सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएर ‘सरप्राइज’ दियाे: महताे

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले जनताले राहत प्याकेज खोजिरहेका बेला सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएर सरप्राइज दिएको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य महतोले सदस्य महतोले सरकारको चर्को आलोचना गरेका हुन्।

उनले भने, ‘हामीले पनि यो सरप्राइज चाहिँदैन भनेर रातारात राजपा र समाजवादीको पार्टी एकता गरेर सरप्राइज देखाइदियौं।’ उजनताले संकटमा परेको बेला सरकार खोजेको भए पनि त्यो पाउन नसकेको महतोले बताए। 

दुई तिहाई नजिकको सरकार भए पनि दुई कौडीको पनि काम गर्न नसकेको सकेन उनले भने।

उनले जतना कोरोना भाइरसको त्रासमा रहेका बेला कुर्सी जोगाउने र सांसद अपहरण गर्ने खेलमा लागेको भन्दै आलोचना गरेका छन्।

‘जनता त्राहिमाम छन्, उनीहरुलाई राहत चाहिएको छ’ उनले भने, ‘सरकार चाहिँ पार्टी फोर्ने, सांसद चोर्न, अपहरण गर्ने, गराउने खेलमा छ याे सबै के हो यो ?’
 

प्रकाशित मिति: : 2020-05-08 17:23:03

प्रतिकृया दिनुहोस्