प्रधानमन्त्रीको स्वाब बालुवाटारमै परीक्षण, छुटेका ५४ सांसदले आफैँ परीक्षण गराउनुपर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारमा स्वाब गरिएको छ। अस्वस्थ्य रहेका कारण स‌ंसद भवन पुग्न सकेपछि उनको शुक्रबार बिहान स्वास्थ्यकर्मीहरुले निवासमै गएर स्वाब लिएको स्रोतले जनाएका छन्।

आजदेखि सुरु हुन लागेको संसद अधिवेशनमा सहभागी हुन प्रत्योक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने छ। कोरोना परीक्षण नगरी संसदमा प्रवेश गर्न नपाइने भनिएको छ।

यसै कारण प्रधानमन्त्री ओलीले निवासमै स्वाव संकलन गरिएको बुझिएको छ। ‘उहाँले विवासमै स्वाब संकलन गराउनु भएको छ, तर रिपोर्ट कतिखेर आउँछ भनेर कुरी रहेका छौं, स्रोतले भन्यो। 

परीक्षण गराउनबाट छुटे ५४ सांसद


संघीय संसदका ५४ जना सांसद कोरोना परीक्षणका लागि स्वाब संकलनमा छुटेका छन्।

संसद सचिवालयले नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बिहीबार र शुक्रबार स्वाब संकलनको व्यवस्था मिलाएको थियो। प्रतिनिधिसभा तर्फ बिहीबार १७९ र शुक्रबार ५३ गरी २३२ जनाको स्वाब संकलन भएको छ। राष्ट्रियसभा तर्फ बिहीबार ३३ र शुक्रबार १० गरी ४३ जनाको स्वाब संकलन गरिएको छ। जसमा ५४ जना छुटेका हुन्।

संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन्। जसमध्ये प्रतिनिधिसभाका ४ सांसद विजयकुमार गच्छदार, रेशम चौधरी, मोहम्मद अस्ताब आलम र हरिनारायण रौनियार निलम्बित छन्।

राष्ट्रियसभाका ५९ मध्ये राष्ट्रपतिले नियुक्त गर्ने एक पदक खाली छ।

छुटेका सांसदहरु हाल काठमाडौं उपत्यकामा नरहेका र उनीहरुले अब आफैं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गई कोरोना परीक्षण गर्नुपर्नेछ।

प्रकाशित मिति: : 2020-05-08 14:38:47

प्रतिकृया दिनुहोस्