भारतकाे मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले औरंगाबादमा रेल दुर्घटना हुँदा मृत्यु भएकाहरुको परिवारलाई राहत दिने घोषणा गरेका छन्।
शुक्रबार बिहान औरंगाबादको बदनापुर–करमाड रेलवे स्टेशन नजिक आराम गरिरहेका मजदूरलाई मालबाह रेलले किँच्दा १६ जनाको मृत्यु भएको थियाे। मृतकहरु जालनामा एसआरजी कम्पनीमा कार्यरत थिए।
उनले मृतक श्रमिकको परिवारलाई राज्य सरकारको तर्फबाट जनही ५ लाख रुपैयाँ दिइने बताएका छन्। यस्तै मुख्यमन्त्री चौहानले घाइतेहरुको उपचारको खर्च सरकारले नै व्यहोर्ने बताएका छन्।
उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँग पनि राहत प्रदान गरिदिन फोनमा कुराकानी गरेको समेत बताएका छन्। ‘ठाकरेसँग म निरन्तर कुरा गरिरहेको छु र घाइते कामदारको निःशुल्क उपचार गर्न व्यवस्था गरेको छु,’उनले भने।
यसअघि उनले भने, ‘म विशेष विमानस्थलबाट उच्च अधिकारीहरूको टोली पठाउँदै छु, जसले मृतककाे अन्तिम संस्कारको व्यवस्था गर्नेछन्।उनीहरुले घाइतेहरुलाई हर सम्भव सहायता प्रदान गर्नेछन्।’
उनले दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति दुःख व्यकत गरेका छन्। ‘औरंगाबादको रेल दुर्घटनाले मेरो मुटु यसरी कामेको छ कि म यसलाई शब्दहरूमा व्यक्त गर्न सक्दिनँ, मुख्यमन्त्री चौहानले भने,‘ यो दुर्घटनाको खवरले दिमाग हल्लाउँछ।’
उनले घटनाकोे थप अनुस्धान गर्न रेलमन्त्री पियुष गोयलसँग कुरा गरेको बताएका छन्। कुराकानीमा घटनाको अनुसन्धान र उचित व्यवस्थाको माग गरेको मुख्यमन्त्री चौहानले बताए ।
यसैबीच, गृहमन्त्री नरोत्तम मिश्रले मध्य प्रदेशका अधिकारीहरूको टोली विशेष विमानबाट औरंगाबादको लागि प्रस्थान गरिसकेको बताएका छन्।