भारतमा कोरोना भाइरसबाट बिहीबार मात्रै १०६ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको छ। उनीहरु मध्ये २५ जना मुम्बईका हुन्।
मुम्बईमा अहिलेसम्म ६९४ मानिसको कोरोनाको संक्रमणका कारण मृत्यु भएको छ। यस्तै गुजरातमा बिहीबार २९ जनाको मृत्यु भएको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या ४२५ पुगेको छ।
मध्य प्रदेशमा ८, पश्चिम बंगालमा ७, राजस्थानमा ६ उत्तर प्रदेश, तमिलनाडु, दिल्ली र आन्ध्र प्रदेशमा दुई–दुईजनाको बिहीबार मात्रै मृत्यु भएको छ।
यस्तै पञ्जाब, कर्नाटक, हरियाण र जम्मु कश्मीरमा १–१ संक्रमितको मृत्यु भएको छ।