लकडाउन उल्लंघन गर्दै प्रेमिकालाई घरमा बाेलाएपछि बेलायती वैज्ञानिकले दिए राजीनामा

बेलायत सरकारलाई कोरोना भाइरस सम्बन्धी सल्लाह दिने एक वैज्ञानिकले नै सामाजिक दूरी सम्बन्धी नियम नमानेका कारण राजीनामा दिन बाध्य भएका छन्।

वैज्ञानिक प्राध्यापक निल फर्ग्युसनले आफूबाट अवस्थाको मूल्यांकन गर्नमा गल्ती भएको स्वीकार गर्दै कोरोना सम्बन्धी सरकारको सल्लाहकारबाट राजीनामा दिएका हुन्।

लकडाउनका बेला ‘म्यारिड लभर’ का रुपमा परिभाषित गरिएकी महिलालाई आफ्नो घरमा आउन उनले दिएका थिए। यस सम्बन्धी खबर डेली टेलिग्राफले प्रकाशित गरेको थियो।

उपयुक्त सावधानी नअपनाइए कोरोना भाइरसका कारण दुई लाख ५० हजार मानिसको ज्यान जाने चेतावनी वैज्ञानिक फर्ग्युसनले दिएका थिए। त्यसपछि प्रधानमन्त्री बोरिस जोसन्सनले मार्च २३ मा लकडाउन लागु गर्ने बताएका थिए।

कोरोना भाइरस र लकडाउनका सम्बन्धमा सुझाव दिने फर्ग्युसनले आफूबाट सामाजिक दूरीलाई ख्याल नगर्ने गल्ती भएकोमा क्षमायाचना गरेका छन्।

प्राध्यापक फर्ग्युसनले वक्तव्यमा भनेका छन्, ‘मबाट अवस्थाको मूल्यांकनमा कमजोरी भएको हो। मैले गल्ती गरेको हुँ। सोही कारण मैले साइन्टिफिक एड्भाइजरी ग्रुप फर एमरजेन्सीबाट राजीनामा दिएको छु।’

उनले अघि भनेका छन्, ‘मैले प्रतिरक्षा प्रणाली बलियो छ भनेर यस्तो गरेँ, तर, कोरोना भाइरसको संक्रमण देखियो र पूर्णरुपमा झण्डै दुई हप्तादेखि आइसोलेसनमा छु।’

आफूबाट भएको सामाजिक दूरीको नियम उल्लंघनप्रति माफी मागेका उनले सरकारलाई सामाजिक दूरी सम्बन्धी जानकारी फैलाउन आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: : 2020-05-07 22:05:51

प्रतिकृया दिनुहोस्