एयर चाइनाको जहाज १ सय ८४ जना यात्रु बोकेर ग्वाङझाउका लागि उडेको छ।
सवा १ बजे काठमाडौंबाट एयरबस ३३०–२४२ मोडलको वाइडबडी जहाज २ नाबालकसहित १६२ जना यात्रु बोकेर चीनको छेन्दु प्रस्थान गरेको हो। जहाजले जहाजमा लकडाउनका कारण नेपालमा अड्किएका चिनियाँ नागरिक छन्।
नेपाल एयरलाइन्सको जहाज केहीबेर आकाशमा होल्ड
नेपाल एयरलाइन्सको जहाज केहीबेर आकाशमा होल्ड गर्नु परेको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार एयर चाइना हवाइ मार्गमा उड्कएिपछि नेपाल एयरलाइन्सको जहाजले केहीबेर आकाशमा होल्ड गरेको हो।
ब्याक गर्ने सिस्टम नभएको जहाजलाई त्यसपछि गाडीको सहायतामा धावनमार्गतर्फ सोझ्याउनुपरेको थियो।
गाडीले धावनमार्गतर्फ सोझ्याएपछि जहाजले उडान भरेको छ। चिनियाँ नागरिक लिन बिहीबार नै चीनबाट दुई जहाज आएका छन्।