सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ।
नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम)तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई परीक्षणबिनै घर फर्काएको हो ।
स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी कर्ण आचार्यका अनुसार किट अभावले आठमध्ये दुई जनाको मात्र परीक्षण गरिएको थियो। ती दुईको नतिजा नेगेटिभ आएपछि नगरपालिकाले बाँकी छ जनालाई पनि कुनै सङ्क्रमण नदेखिएको अनुमानका भरमा क्वारेन्टाइनबाट बिदाइ गरेको हो।
स्वास्थ्यकर्मी आचार्यले किट आएपछि परीक्षण गर्ने शर्तमा घर पठाइएको बताए। सोही दिन सुर्खेतकै भेरीगङ्गा नगरपालिकाले पनि नौ जनालाई त्यसैगरी घर पठाइएको थियो।
‘किट अभावका कारण एक जनाको मात्र जाँच गरेर घर पठाउनुप¥यो, जिल्ला स्वास्थ्य र प्रदेश सरकारसँग आग्रह गर्दासमेत पाइएन”, उनले भने, ‘किटकै पर्खाइमा क्वारेन्टाइन अवधि पूरा भएकालाई समेत घर पठाउन सकेका छैनौँ।’
नगर स्वास्थ्य संयोजक राजेश बुढाले सिन्धुपाल्चोकबाट आएका नौमध्ये एक जनाको मात्रै आरडिटी परीक्षण गरिएको उनले बताए।
आरडिटी किट अभावका कारण सुर्खेतमा एक सातादेखि कोरोना परीक्षण हुनसकेको छैन। तत्काल किट आउने सम्भावना नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको सामूहिक नमूना परीक्षण गरेर घर पठाउनुपर्ने बाध्यता भएको उनले बताए।