नेकपा सचिवालय बैठक बेहीबेरमा बस्दै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेरमा बस्दैछ। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्समा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा तय गरेका छन्। उनलाई एजेण्डा तयार गर्नका लागि महासचिव विष्णु पौडेलले सहयोग गरेका छन्।

पछिल्लो समय सरकार सञ्चालन र जिम्मेवारी लगायतका विषयमा नेकपामा विवाद छ। तर आजको बैठकमा सरकार र पार्टीबीचको समन्वय, पार्टी एकताका बाँकी काम, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा  छलफल हुने नेताहरुले बताएका छन्। 

प्रकाशित मिति: : 2020-05-06 14:10:09

प्रतिकृया दिनुहोस्