लकडाउन १० दिन थप्ने मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै थप १० दिन अर्थात आगामी जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो। हिजो बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा आजको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिए।

पहिलोपटक चैत ११ देखि लकडाउनको घोषणा गरेको सरकारले त्यसपछि चैत १७ गते र २५ गते ८-८ दिन थप गरिएको थियो । वैशाख २ गते एकैपटक १२ दिन थप गरिएको थियो । चौंथो पटक १० दिन थप गरेको समय बिहीबार सकिँदै छ।

मुलुकभित्र सङ्क्रमित फेला पार्ने क्रम नरोकिएकाले पाँचौंपटक समय थपिएको हो।

प्रकाशित मिति: : 2020-05-06 13:37:18

प्रतिकृया दिनुहोस्