जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री मुफ्तीसहित दुई नेता थप तीन महिना नजरबन्दमा

बिएल संवाददाता

मुम्बई, हिन्दी ब्यूराे

जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीलाई थप तीन महिना नजरबन्दमा राखिने भएको छ।

गत वर्ष ५ अगस्टमा जम्मू–कश्मीरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि विरोधमा कश्मीर उपत्यकामा प्रदर्शन भएका थिए । त्यसो त सरकारले सम्भावित विरोध प्रदर्शनलाई रोक्न धारा ३७० खारेज हुनुअघि नै राज्यमा कफ्र्युमा लगाउने र स्थानीय राजनीतिज्ञहरुलाई पक्राउ गर्ने र नजरबन्दमा राखेको थियो ।

त्यसै मध्यका एक मुफ्ती हुन्। उनलाई गएको अगस्ट ५ मा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो। गएको फेब्रुअरी ६ मा कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहसहित मुफ्तीमाथि कश्मीर प्रशासनले सार्वजनिक सुरक्षा कानून (पिएसए) लगाइएको थियो।

 उनको नजरबन्द मंगलबार सकिँदै थियो, तर प्रशासनले त्यो भन्दा पहिले नै नजरबन्दको अवधि बढाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पिएसए अनुसार मुफ्तीसँगै पिडिपीका नेता सरताज मदनी र नेशनल कन्फ्रेन्सका नेता अली मोहम्मद सागरलाईलाई थप तीन महिना नजरबन्दमा राख्ने भएको छ।

महबुबा मुफ्तीकी छोरी इल्तिजा मुफ्तीले आमाको नजरबन्द अवधि बढाइएकोमा आफूलाई कुनै आचश्र्य नलागेको ट्वीट गरेर उल्लेख गरेकी छन्।

इल्तिजाले आमाको ट्वीटर ह्याण्डलबाट ट्वीट गरेर भनेकी छन्, ‘तर्क सम्वत आवाज दबाउने अहिलेको सरकारको बानी नै भएको छ। धारा ३७० गैरकानूनी रुपमा हटाएपछि त्यसले अझ तीव्रता पाएको छ। त्यसैले आमाको नजरबन्द अवधि बढाउने निर्णयले आश्चर्यमा पारेन।’

 

प्रकाशित मिति: : 2020-05-06 08:05:41

प्रतिकृया दिनुहोस्