५ घण्टा हिँडेर आमैले पाएको बाजुरा जान्या पास

सेतोपाटी

काठमाडौँ

गोकर्णप्रसाद उपाध्याय

'अब, क्या गर्नु सर? बुढा रक्सीइइइइ मात्त खान्या। बच्चा इण्डिया काम अर्न गयाका। घर कोई नाइँ। एक्ली ट्यान्सन मात्त मान्दो।'

अन्यत्र झैं कञ्चनपुरमा लकडाउनले आवागमन र जनजीवन कठिन बनाउँदै थियो। २०७७ वैशाख १७ गते बुधबार बिहान घडीको सुई घस्रिएर १० बजेर ५७ मिनेटमा अडिएको थियो। कार्यालयको पल्लो कोठामा ल्याण्डलाइन फोन बज्यो।

म कोठा नं. १०३ मा टेलिफोन उठाउन पुगेँ। जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले केही पहाडी जिल्लाका बिरामीको लागि निशुःल्क औषधि पुर्‍याउन 'हुलाकी' को काम सुरू गरेकाले त्यसबारे बुझ्न सेवाग्राहीले फोन गरेका रहेछन्।

प्रकाशित मिति: : 2020-05-05 14:54:15

प्रतिकृया दिनुहोस्