नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन्। नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन्।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।
उनका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए।
संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।