ओडिशाको भद्रक जिल्लाको तिहाडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लघंन गर्दै टिकटकको भिडियो बनाएका थिए। स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन्।
क्वारेन्टाइन सेन्टरभित्र बनाएको भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ। उनीहरु मध्यका एक जनाकाे हातमा रक्सीकाे बाेतल पनि देख्न सकिन्छ।
यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साथै समाचारमा पनि यसको चर्चा भइरहेको छ।
स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्।