डिसइन्फेक्सन स्प्रेले किटानु मार्दैन, मानिसको शरीरका लागि हानिकारक हुन्छ : स्वास्थ्य मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले मानिसको शरीरमा हानिकारक किटाणुनाशक औषधी छर्किनु (डिसइन्फेक्सन स्प्रे) हानिकारक हुने भन्दै यसरी नछर्किन आग्रह गरेको छ ।

मानिसको शरीरमा भएको भाइरस नमर्ने भएका कारण स्प्रे नछर्किन  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आग्रह गरे।

‘मानिसको शरीरलाई पनि हानिकारक किटाणुरहित बनाउने भन्दै डिसइन्फेक्सन स्प्रे छरिएको देखिएको छ,तर यसले किटानु मार्दैन्,’उनले भने। 

मानिसको शरीरमा किटाणुनाशक औषधी छर्किँदा आँखा, नाकमा असर गर्ने र स्वासप्रश्वाससम्बन्धी समस्या देखिने उनले बताए।

उनले तोकिएको मापदण्ड पालना गरेर सही तरिकाले भुइँ र सतहहरुमा भने डिसइन्फेक्सन स्प्रे प्रयोग गर्न सकिने बताए । 

त्यस्तै प्याकिङ गरेको वस्तुको प्याकेटमा पनि यसको प्रयोग गर्न सकिने देवकाटाले बताए ।
 

प्रकाशित मिति: : 2020-05-04 17:36:54

प्रतिकृया दिनुहोस्