लकडाउन बढाउन गृहमन्त्रीलाई सुरक्षा निकायकाे सुझाव

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्बिर

सरकारले लकडाउन बढाउने तयारी थालेको छ।  आइतबार गृहमन्त्रालयमा गृहमन्त्री  रामबहादुर थापा बादलु गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथि प्रभुराम शर्मालगायत उपस्थिति रहेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले लकडाउन बढाउनुपर्ने सुझाव दिएका थिए।

उनीहरुले देशका अन्य क्षेत्रमा लकडाउनल केही खुकुलो गरेपनि भारतसँग सिमा जोडिएका जिल्लामा तत्काल लकडाउन खुकुलो गर्न नहुने सुझाव दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए। 

सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको समेत सुझाव सुनेपछि  गृहमन्त्री थापाले बैशाख २५ पछि पनि लकडाउन थपिने संकेत गरे। 

उनले भने,‘लकडाउन बैशाख २५ पछि पनि थप्नुपर्ने अवस्था देखिएको छ। कोरोना संक्रमण कम देखिएका क्षेत्रमा लकडाउन केही खुकुलो गर्ने तयारी गरिएको छ। बैशाख २४ सम्म त्यसको मोडालिटि तयार हुन्छ।’ 

बैठकमा नेपालगञ्जमा पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण देखिएको भन्दै सिमामा थप कडाई गर्ने निर्णय गरिएको थियो। सोही बैठकले  कारागार, सरकारी संरचना, विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सिमामा पठाउने सम्बन्धि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियोे।

प्रकाशित मिति: : 2020-05-04 13:28:12

प्रतिकृया दिनुहोस्