विदेशमा अप्ठ्यारोमा परेकालाई आवस्यक परे देशमै ल्याउन पहल गर्छाै: कांग्रेस

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसले देश बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए सहयोग गर्ने र आवस्यक परे स्वदेश फिर्ता ल्याउन पहल गर्ने निष्कर्ष निकालेको छ। 

शनिबार साँझ भएको भिडियो कन्फरेन्समार्फत कांग्रेसका जनसम्पर्क समितिका वर्तमान तथा पूर्वसभापतिहरुसँग कोरोना भाइरसको संकट,देशको अहिलेको अवस्था र पार्टीको आगामी रणनीति बारेमा छलफल गर्दै उक्त निष्कर्ष निकालिएको हो। 

छलफलमा नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा,उपसभापति बिमलेन्द्र निधि,सहमहामन्त्री डा.प्रकाश शरण महत,जन सम्पर्क समिति बिभागका संयोजक गोबिन्द भट्टराई,आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट,बालकृष्ण पाण्डे संविधानसभा सदस्य आर्जु राणा देउवालगायतको सहभागिता थियो। 

कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले कोरोनाका कारण देशको आर्थिक अवस्था थिलोथिलो भएको भन्दै सरकारको ध्यान त्यतातिर नगएको आरोप लगाए। उनले सरकारले राहतमा पनि अनियमितता गरेको पनि स्पष्ट पारे। 

‘यस्तो संकटको बेला छ सरकार र सत्ताधारी पार्टी सत्ता संघर्षमा लागिरहेका छन् योभन्दा निकम्मापन सरकार र नेकपाको के हुनसक्छ?’उनले भने, सरकारसँगै  नेकपापार्टी पनि देशको बागडोर सम्हालनबाट चुकेको छ।’

भिडियो कन्फरेन्समा सहभागी भएका जनसम्पर्क समितिका वर्तमान तथा पूर्वसभापतिहरुले आफूहरुले बिदेशमा भएका नेपालीहरुलाई राहत तथा उद्दारमा सहयोग गरिरहेको जानकारी कांग्रेस नेताहरुलाई दिएका थिए।

प्रकाशित मिति: : 2020-05-04 08:56:04

प्रतिकृया दिनुहोस्