नेपालमा आइतबार एकै दिन १० नयाँ कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगन्जमा ९ जना र वीरगन्जमा एक जनामा कोरोना संक्रमण देखिएको हो।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।
नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनाको परीक्षण सम्पन्न भएको छ।
गत चौबीस घण्टामा १४७९जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
२१,९५१ क्वारन्टीनमा रहेको र ७७ जना एकान्तवास (आइसोलेशन)मा रहेको पनि डा. देवकोटाले नियमित प्रेस सम्मेलनमा जानकारी दिए।