राज्य प्रेसप्रति निरंकुश र असहिष्णु बन्दै: कोइराला

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य प्रेसप्रति निरंकुश र असहिष्णु बन्दै गएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार सम्पुर्ण सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कोइरालाले निजी संचारमाध्यमलाई सूचनाको पहुँचबाट बाहिर राख्नुले सरकार प्रेसप्रति निरंकुश भएको प्रमाणित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सरकारी सूचनाको पहुँचबाट निजि सञ्चारमाध्यमलाई बाहिर राखिनु र सञ्चारकर्मीलाई काम गर्ने वातावरण नहुनु दुखद पक्ष हो ।’

प्रकाशित मिति: : 2020-05-03 14:02:15

प्रतिकृया दिनुहोस्