ओली सरकारबाट प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा: सभापति देउवा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी ओली सरकारले प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको बताएका छन् ।

शनिबार विश्व प्रेस स्वतत्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले यसका केही संकेत सरकारको पछिल्ला अभिव्यक्ति र व्यवहारले देखाएको बताए ।

'संसदमा सरकारले पेश गरेको प्रेस विरोधी विधेयक त छदैं थिए,  कोरोना भाइरसको महामारीको मौका हेरेर मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ', शूभकामना सन्देशमा भनिएको छ ।

सन्देशमा कांग्रेसले लोकतन्त्रको पहरेदारको रुपमा रहेको चौथो अंग माथि नियन्त्रण गर्न गरिएका हर्कतलाई कुनै हालतमा स्विकार नगर्ने र त्यस विरुद्ध प्रखर रुपले उभिने उल्लेख छ ।

'नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यवसायिक बनाउँदै आजको मिडिया र पत्रकारले चाल्ने हरेक कदममा काँग्रेस सँगै रहेने छ', सन्देशमा भनिएको छ । 

प्रकाशित मिति: : 2020-05-03 13:54:31

प्रतिकृया दिनुहोस्