बाँकेको नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लावासीलाई उद्धार गरिएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा उनीहरुलाई हवाई मार्गबाट उद्धार थालिएको हो । हुम्लाबाट अध्ययन, रोजगार र अन्य कामका सिलसिलामा सुर्खेत र नेपालगञ्जमा आएका नागरिकलाई कर्णाली प्रदेश सरकारको पहलमा जिल्ला पु¥याउने व्यवस्था गरिएको हो ।
लामो समयसम्म लकडाउनमा परी खान र बस्न समस्या भएर अलपत्र परेकाहरुको उद्धार शुरु गरिएको कर्णली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए।
उद्धार गरेर हुम्ला पठाइएका व्यक्तिलाई सम्बन्धित पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राखिने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए।