नेकपा सचिवालय बैठक शुरु

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएकाे छ। शनिबार अपरान्ह ४ बजे बस्ने भनिएपनि आन्तरिक छलफलमा शीर्ष नेताहरु व्यस्त रहेकाले अपरान्ह ६: १५ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएकाे हाे।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब दिन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बढाउने तयारी गरेको बताइएको छ ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष दाहाल– नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए ।

तर प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । 

सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबार स्थगित भएको बैठक आज बसेकाे हो ।

सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । भरखरै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

नेकपामा महत्वपूर्ण निर्णय हुनुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्दै आएका छन्।

त्यसैगरी दाहाल नेपालले पनि विभिन्न नेतासँग परामर्श गरेका छन् ।

प्रकाशित मिति: : 2020-05-02 18:22:18

प्रतिकृया दिनुहोस्