नेकपा सचिवालय बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

नेकपामा महत्वपूर्ण निर्णय हुनुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्दै आएका छन्। अपरान्ह ४ बजे बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक साँझ ५ बजेलाई सारिएपछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेको स्रोतले बताएको छ।

यसअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेता बामदेव गौतमसँग प्रधानमन्त्री निवास वालुवटारमा छुट्टै छलफल गरेका थिए।

 

प्रकाशित मिति: : 2020-05-02 17:54:42

प्रतिकृया दिनुहोस्