लकडाउनबारे नयाँ रणनीति : सीमानाका र अन्तराष्ट्रिय उडान साउन मसान्तसम्म बन्द गर्न प्रस्ताव

थाहा खबर

काठमाडौँ

सविना खनाल
कोरोना भाइरस (कोभिड १९)  को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि देशमा जारी लकडाउन तीन पटक थपिएको छ।लकडाउन डेढ माहिनातिर लम्किँदै गर्दा यसका सम्भावित विकल्पबारे छलफल सुरु भएको छ।

पछिल्लो पटक थपिएको अवधि आगामी २५ वैशाखमा सकिँदैछ। त्यसपछि लकडाउन हट्छ वा जारी रहन्छ अहिल्यै भन्‍ने अवस्थामा नरहेको विज्ञहरुले बताउँदै आएका छन्। सरकारी अधिकारीहरुले २५ वैशाखपछि लकडाउन खुकुलो बनाउने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यसअघि नै भनिसकेका छन्।

वैशाख २५ गतेपछि हुने लकडाउनको विधिबारेमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुसँग छलफल गरेको छ। कोरोना भाइरसको उपचारमा औषधि नै नबनेको अवस्थामा यसको जोखिम कम गर्न विश्‍वभर लकडाउन नै मुख्य उपाय रहेको विश्‍व स्वास्थ्य संगठनले जनाइसकेको छ।
 

प्रकाशित मिति: : 2020-05-02 17:35:48

प्रतिकृया दिनुहोस्