मलेसियामा सोमबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ ।
मलेसियाले कोरोना संक्रमण जोखिम रोकथामका लागि १२ मेसम्म लकडाउनको घोषणा गरिएको छ । तर पहिलेजस्तै स्वतन्त्र रुपमा मानिसको आवातजावत नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउदै लैजाने तयारी गरिएकाे छ। व्यवसायहरु पनि बिस्तारै खुलाउने तयारी छ ।
मलेसियामा अहिलेसम्म ६ हजार १७६ जनाको कोरोना संक्रमण देखिएको छ । जसमध्य ७० प्रतिशत भन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् ।
अर्थात ४३ सय २६ जना निको भएका छन् भने १७ सय ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म १०३ जनाको कोरोनाका कारण ज्यान गएको छ । यहाँ तीन नेपालीलाई कोरोना संक्रमण भएको र जसमध्ये दुई जना निको भइसकेको छ । बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको छ ।