साहित्यिक मञ्च

निर्मल खराल

(मोगोक, म्यान्मार)

फराकिलो मञ्चमा मेरो चोक छ

यहाँ के छ ? सबथोक छ

अँ भूपी मेरो चोकमा पनि

तिम्रोजस्तै सबथोक छ

तिम्रो चोकमा रोग थियो

मेरो चोकमा पनि रोग छ

यहाँ बिजोग छ

यहाँ हर क्वैको मुस्कान छ

त्यसमा नि लुकिएको नोक्सान छ।

अनन्त भोग छ

पाठकहरूको मनमा

साहित्यमा मुछिने सम्भोग छ

हामी बीच लुकिएको

एक पाठकमा शोक छ

त्यो क्वै हैन म भन्ने एउटा जोक छ।

 

फराकिलो यो मञ्चमा मेरो चोक छ

यहाँ के छ ? तिम्रो जस्तो सबथोक छ।

 

यो मञ्चमा

देवताले बनाएका मानिस

मानिसले बनाएको देवता छ

देवता- मानिसमा उदास छ

हो भूपी तिम्रो जस्तै मानिस

देवतामा उदास छ

छटपटिएको मानिसमा पिडा छ

एकीकरण सभामा मानिस निदा छ

त्यसैले देवता निराश छ

देवता बनाउने पनि विलास छ

फराकिलो मञ्चमा मेरो चोक छ

यहाँ के छ ? तिम्रो जस्तै सबथोक छ।

 

सिमसिमे झरी छ वैशाखे

तै पानीमा मेरो जिन कोट छ

यहाँ के छैन सबथोक छ

छेउमा बस्ने पाठकमा हाँसो छ

त्यै हाँसोमा तिम्रो खाँचों छ।

 

हेर भूपी !

अगाडिको टेबुलमा संसार छ

नभेटिए ज़िन्दगी संहार छ

त्यी पुस्तकमा नि दायित्व छ

त्यसैमा हाम्रो व्यक्तित्व छ।

फराकिलो मञ्चमा मेरो चोक छ

यहाँ के छ ? तिम्रोजस्तै सबथोक छ।

हो भूपी यहाँ सबथोक छ... सबथोक।।

प्रकाशित मिति: : 2020-05-02 13:45:00

प्रतिकृया दिनुहोस्