दाङका १० नाकामा सुरक्षाचौकी

दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ। नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको हो। 

जिल्लामा ३१ नाका भएता पनि दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको भनाइ छ। 

मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो' उनले भने, 'यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो।' हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताए। 

दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी रहेको बताउदैं उनले भने ‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो। अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ।'  अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ।

प्रकाशित मिति: : 2020-05-02 12:37:58

प्रतिकृया दिनुहोस्