ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, १० घर जले

सदरमुकाम फुङलिङमा शुक्रबार बेलुका भिषण आगालागी भएको छ । 

बजारको पुरानो बैैंक लाइन ट्याक्सी स्टेशन छेउमा आगलागी हँुदा झण्डै १० घर जति जलेका छन् । बेलुका साढे नौ बजेतिर भण्डारी खाजाघर छेउबाट आगो सुरु भएको  थियो।

फुङलिङ नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रमा लिने कोशिस भएको थियो । 

थुप्रै व्यक्तिगत घरहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी  छ । 

प्रकाशित मिति: : 2020-05-02 08:55:09

प्रतिकृया दिनुहोस्