लकडाउनमा मदनकृष्ण- यो मन बदल्न चाहन्नँ, यो पल बदल्न चाहन्नँ

सेतोपाटी

काठमाडौँ

लकडाउनले सबैको सक्रियता 'लक' गरिदिए पनि लोकप्रिय हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको भोगाइ बेग्लै छ।

छोरीलाई बिहे गरेर पठाएको १८ वर्षपछि पहिलोचोटि उनी आफ्ना छोराछोरीसँग एकसाथ समय बिताइरहेका छन्। यो साथले उनलाई नयाँ सिर्जनाको जाँगर थपेको छ। नेपाली संगीत क्षेत्रका यी पुराना गायकले लकडाउनकै मौकामा नयाँ गीत रेकर्ड गर्न पनि भ्याएका छन्।

क्यान्सरले श्रीमतीको निधन भएको दुई वर्षपछि मदनकृष्णले पारिवारिक समय बिताउने र सँगसँगै संगीत सिर्जना गर्ने मौका पाएका हुन्।

प्रकाशित मिति: : 2020-05-02 08:36:26

प्रतिकृया दिनुहोस्