चाइनाले भाइरस बनाएको होइन तर फैलिन मद्दत पुर्‍याएको हो

जोसेफ स्टालिनले एकपटक भनेका छन्,‘एकजनाको मृत्यु त्रास हो भने एक लाखको मृत्यु तथ्याकं हो।’

अहिले पश्चिमी मुलुकहरु कोरोना भाइरस (कोभिड-१९)ले मारेका लासहरुलाई स्टालिनले भनेको तथ्याकसँग जोड्दै छन्। चाइनाले सूचना लुकाएकै कारण यो महामारीले बिशाल तथ्याकंको आकार लिएकाे प्रमाण जुटेको दिन चाइनाविरुद्ध बाँकी विश्वले मुद्दा हाल्नेछन् र चाइनाले त्यो बेला ठूलो मूल्य चुकाउनु पर्ने छ।

त्यसो त यो भाइरस ल्याबमा बनाइको षड्यन्त्रामक सिद्धान्त पनि बाहिर आएको छ। यसलाई पुष्टि गर्ने प्रमाणहरु छैनन् तर विश्वास गरिहाल्न पर्ने केही आधारहरु भने छन्। दुईवर्ष अघि नै याे भाइरस वुहान विश्वविद्यालयको ल्याबबाट बाहिरिएको सूचना अमेरिकास्थित ‘स्टेड डिपाटमेन्ट र बिट्रिस इन्टेलिजेन्जि’का अधिकारीकाहरुसम्म पुगिसकेको थियो।

अहिले त्यो बेलाको वस्तुस्थितलाई अमेरिकाले अध्ययन गर्दैछ। यो भाइरस ल्याबमा बनाइएको होइन भन्ने कुरालाई स्थापित गर्न केही मुलुकहरुले निश्पक्ष छानविनको लागि चाइनासँग गरेको आग्रहलाई सोझै ‘नो’ भन्नुले पनि शंका उत्पन्न गराएकाे छ।

यो त भयो ‘कन्सपेरेसी थ्योरी’ अर्थात् षड्यन्त्रामक सिद्धान्त। यसमा आधार कम र आरोप बढी हुन्छन्। यो पुष्ट हुने आरोप होइन। यो थ्योरीबाट सफाइ पाउन चाइनालाई आइतबार कुर्न पर्दैन। त्यसो त यसको जवाफमा चाइनीज सरकारका चिनियाँ विदेश मन्त्रालय, सूचना विभागका प्रवक्ता तथा उप-महानिर्देशक झाओ लिजियानले मार्च १४ मा ‘एक अमेरिकन आर्मीका अधिकारीले ल्याबमा बनाएको भाइरस वुहानमा ल्याएर छोडेकोबताइदिए। अमेरिका र बाँकी विश्वको कन्सपेरेसी थ्योरीजस्तै चाइनाको पनि आफ्नै कन्सपेरेसी थ्योरी होलान।

यो ल्याबमा बनाइएको भाइरस हो भन्ने आरोप त लगाउन सकिएला तर प्रमाणित गर्न सक्ने आधार भने भेट्न सकिँदैन। तर, यो भाइरसको प्रभावको बारेमा बाँकी विश्वलाई सहि सूचना नदिएर संसारभरी फैलिन मद्दत पुर्‍याएको भन्ने आरोपलाई प्रमणित गर्ने आधारहरु भने प्रशस्त छन्।

कसरी?
कोरोना भाइसबाट मृत्यु भएको दावी गरिएका वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ डा. ली वेनलियाङ्गले यो भाइरसको खतरालाई सामान्य रुपमा नलिन डिसेम्बर ३० मा आफ्ना सहकर्मी डाक्टरहरुलाई ह्वाट्सएप गर्न थाले। ‘यो भाइरस ठट्टा गर्ने बिषय होइन। यसका बारेमा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै साथी सचेत रहन जरुरी छ। यसले तयारी गरिएन र संयम्ता अपनाइएन भने यसले भयावह रुप लिन सक्छ’, उनले भनिरहेका थिए,‘यसको इन्फेक्सनबाट बच्न जरुरी छ। सबै साथीहरुले सुरक्षा अपनाउनु होला।’

त्यसको ४ दिनपछि जनवरी ७ मा ती डाक्टरलाई सुरक्षा अधिकारीहरुले भाइरसबारे अफवाह फैलाएको आरोपमा समाते। समातेको ३ दिनपछि  चाइनीज समाचारहरुले डा. ली वेनलियाङ्गलाई कोरोना संक्रमण देखिएको समाचार लेखे। डिसेम्बर ३० मा फेरि उनको समाचार बाहिरियो,‘ली वेनलियाङ्गलाई कोरोना भएको प्रमाणित।’

श्वासप्रश्वास सम्वन्धी समस्या भएका र ६५ वर्ष कटेकाहरुका लागि यो भाइरस बढी आक्रमक देखिएको सूचना बाहिर ल्याइरहेका चाइनीज अधिकारीहरुले स्वास्थ्य सम्वन्धी कुनै समस्या नभएका ३४ वर्षिया डा. ली वेनलियाङ्गको भाइरसका कारण मृत्यु भएको समाचार सार्वजानिक गरे फेब्रुअरी ७ मा।

यो डरलाग्दो भाइरसका बारेमा स्वास्थ्य अधिकारी र बाँकी विश्वलाई जानकारी गराउन लागिपरेका डा.ली वेनलियाङ्गको सन्देहपूर्ण मृत्युसँगै सूचनाको तार पनि चुडियो।

अब जनवरी महिनाको अन्तिम दिन सम्झिनुस त।

विश्वस्वास्थ्य संगठनलाई चाइनाले बैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार कोरोना मान्छेबाट मान्छेमा सरेको प्रमाण अहिलेसम्म भेटिएको छैन। याे स्पष्टिकरण दिएको १४ दिनपछि चाइनाले ४८ घण्टाभित्र १५०० बेड क्षमताको अस्पताल बनाएको समाचार भाइसभन्दा चाँडो संसारभरी फैलियो।

कोरोना भाइरसको पहिलो केस देखिएको दुई महिनापछि हुवेइ प्रान्तमा रहेका करिव २ दर्जन ठूला अस्पतालहरुले भाइरसका बिरामीहरुलाई थाम्न नसकिने अवस्था आइसकेको थियो। यो रोग मानिसबाट मानिसमै सर्ने गरेका कारण बिरामीहरुले बढिरहेका थिए।

सरकारी अधिकारीहरुले समातेर ल्याएका डा. ली वेनलियाङ्गले पनि यो भाइरसले पार्न सक्ने खतराका बारेमा सरकारी अधिकारीहरुलाई जानकारी गराइसकेका थिए। त्यसैको नतिजा थियो रातारात ४८ घण्टाभित्र १५०० बेड क्षमताको अस्पताल।

वुहानमा यती धेरै आगो लागिसक्दा पनि चाइनाले यो भाइरसको खतरालाई बाँकी विश्वसामु ल्याउन मानेन। बरु चाइन कति शक्तिशाली छ भनेर आफूलाई प्रमाणित गर्नतर्फ लाग्याे। उसले ४८ घण्टामा १५०० शैया क्षमता भएको अस्पताल निर्माण गरेर राष्ट्रिय आपतलाई नियन्त्रण गर्न सक्ने क्षमता राख्छु भन्ने सन्देशलाई समाचारका रुपमा संसारभर फैलाइदियो, अहिले कोरोना फैलिएजस्तै।

चाइना कम्युनिष्ट मुलुक हो। यो मुलुकले समाचार लुकाएका सयौं उदाहरणहरु छन्। कोरोना महामारीमा पनि यस्तै भयो। गुदी कुरा लुकाइदियो,आपतलाई नियन्त्रण गर्न सक्ने असाधारण क्षमतालाई प्रचारप्रसार गर्‍याे।

संसारभरीका संचारमाध्यमहरुले यसको समाचार त बनाए तर यो समाचार भित्रको ‘म्याथम्याटिक्स’ बुझ्न सकेनन्। हुन त चाइना भित्रको म्याथम्याटिक्स बुझ्न त्यति सरल पनि छैन। कम्युनिष्ट मुलुकभित्रको यो म्याथम्याटिक्सलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले छोपेर रोगको भयावहलाई सरल बनाइदियो। अन्य मुलुकहरुले कम महत्व दिन तयारी गरेन। जसको नतिजा अहिले भयावह छ।

अब एकचोटी फेरी सम्झिनुस त!

युरोप, अमेरिकादेखि अफ्रिकासम्मका मुलुकहरुमा भयावह आकार देखाइरहेको यो भाइरस चाइनाकै अन्य राज्यहरुमा किन फैलिएन?

जनवरी २३ मा चाइनाले करिव १ करोड १८ लाख जनसंख्या भएको वुहानलाई पूर्णरुपमा लगडाउन गर्‍यो। आन्तरिक यात्रा पूर्णरुपमा ठप्प भयो। वुहानवाट अन्य राज्यहरुमा आवतजावत बन्द गरियो। तर यो नियम अन्तर्राष्ट्रिय यात्राका लागि लागु गरिएन। चाइनाले पूर्ण लकडाउन गरिसकेपछि पनि नयाँ वर्ष २०२० सम्म करिव ४ लाख ३० यात्रु अमेरिका आएका छन्। ‘माइराडार’ले जनाएअनुसार जनवरीमा मात्र चाइनाबाट १३०० फ्लाइट अमेरिका उडेका थिए। अमेरिकन स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार ती मध्ये २५ प्रतिशत यात्रु कोरोना संक्रमित हुनुपर्छ।

युरोप लगडाउन नहुन्जेलसम्म यती नै संख्यामा चाइनाबाट दैनिक फ्लाइटहरु कोरोना भाइरस बोकेर युरोपका लागि उडे। चाइनाले यो भयावह भाइरस आफूले नियन्त्रण गर्दै लग्यो तर बाँकी विश्वलाई फैलाउँदै गयो। चाइनाले यसरी महामारीलाई बिशाल आकार दियो।

प्रकाशित मिति: : 2020-05-02 08:01:11

प्रतिकृया दिनुहोस्