मजदुर दिवसकै दिन पोर्चुगलमा एक नेपाली मजदुरको दु:खद निधन

हरि थापा

पाेर्चुगल

पोर्चुगलको दक्षिणी क्षेत्र फारोभन्दा पाँच किमी टाढा बेलसामेल भन्ने ठाउँमा कृषि मजदुरको रूपमा कार्यरत धादिङ जिल्ला निवासी प्रेम तामाङको मे १ अर्थात मजदुर दिवसकै दिन दु:खद निधन भएको छ।

उनी काम गर्दागर्दै शाैचालय गएकाे र उठ्ने क्रममा रिङ्गटा लागेर ढुङ्गामा ठोक्किएर पल्टिन पुग्दा नजिकै सुकेको झारपात तथा अन्य फोहोर पोल्ने स्थानमा बलिरहेको आगोमा परेका थिए। घटना लगत्तै प्रत्यक्षदर्शीले उनलाई उद्दार गरि एन्बुलेन्सलाई खबर गरेका थिए तर एम्बुलेन्स आउन आधा घन्टाभन्दा बढी समय लागेकाे र उनलाई अस्पताल पुर्याएर उपचार गरिरहँदा निधन भएकाे हाे।

चिकित्सकका अनुसार उनी प्रेसरले लडेका र मस्तिस्कमा रगत जम्न पुगेको थियाे। संसारभरि मजदुर दिवस मनाइरहेको दिन नेपाली मजदुरको परदेशी भूमिमा दु:खद निधनले पोर्चुगलबासी नेपाली स्तब्ध छन्। तामाङकी अन्दाजी २२ वर्षीय छोरी पनि उनीसँगै पोर्चुगलमा बस्दै आइरहेकी थिइन। श्रीमती लगायत परिवारका अन्य सदस्य भने नेपालमै छन्।

उनको मृत शरीर नेपाल पठाइदिन परिवारले आग्रह गरेकाे छ। तर कोरोना महामारी चलिरहेको बेला जहाज पनि नचल्ने अवस्था तामाङकाे शरीर नेपाल पठाउन कठिन छ। 

 

प्रकाशित मिति: : 2020-05-02 06:11:35

प्रतिकृया दिनुहोस्