बम विस्फोटनमा मृत्यु भएका रोल्पाली बालबालिकाका परिवारलाई राहत दिन सिफारिश गरिने

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम  विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

मुख्यमन्त्री पोखरेलले विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने पनि बताएका छन्। 

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा  विस्फोटमा परी  पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

यसैबीच  बम विस्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी घटनास्थलतपर्m लागेका छन् ।

प्रकाशित मिति: : 2020-05-01 12:34:25

प्रतिकृया दिनुहोस्