कोरोनाको चार महिना पूरा : विश्वभन्दा फरक छ नेपाल

थाहा खबर

काठमाडौँ

डा. रवीन्द्र पाण्डे

संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पूरा भएको छ। चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनियाँ पर्यटकहरूको आवतजावत बाक्लो नै थियो। त्यस्तै युरोप, अरब खाडिका देश तथा भारतबाट आउने संख्या पनि कम थिएन। गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा डिसेम्बरको अन्त्य, जनवरी र फेब्रुवरीमा कोरोना संक्रमण फैलिएको हुनसक्छ। त्यो समयमा अधिकांश नेपालीलाई असाध्यै कडा रुघाखोकी, ज्वरो लगायतको समस्या फैलिएको थियो। हामीले मौसमी रुघाखोकीको रुपमा बुझेको त्यो बेलाको रुघाखोकी निको हुन धेरै दिन लाग्ने प्रकृतिको थियो। अन्य वर्षभन्दा त्यो बेलाको रुघाखोकीमा श्वास फेर्न गाह्रो हुने, बान्ता तथा पखाला लाग्ने प्रकृतिको थियो। तसर्थ नेपालमा कोरोना संक्रमण एक चरणमा फैलिएर लकडाउनको कारण नियन्त्रणमा आएको अनुमान गर्न सकिन्छ। यसबाट अधिकांश नेपाली इम्युन भएको हुनसक्छ। यो अनुसन्धानको पक्ष हो। नेपालमा र्‍यापिड टेस्ट गर्दा हजारौं जनामा पोजिटिभ देखिने तर पिसिआर टेस्टमा नेगेटिभ देखिनुको कारण रोग निको भएर एन्टीबोडी देखिएको पनि हुनसक्छ।
 

प्रकाशित मिति: : 2020-04-30 17:44:18

प्रतिकृया दिनुहोस्