डिशहोमको रिचार्ज सकियो ? अब यसरी हेर्न सकिन्छ उधारोमा

बिएल संवाददाता

काठमाडाै‌ं

डिशहोमले लक डाउनको अवधिमा ग्राहकलाई विभिन्न सुविधासहितको आर्कषक प्याकेज ल्याएको छ। यस प्याकेज अनुसार १० दिनसम्म उधारोमा टिभी हेर्न पाउनेछन्।

यसअघि अप्ठ्यारोमा क्रेडिट सेवा अन्तर्गत ५ दिनमात्रै थियाे। अप्ठ्यारोमा मुभी र अन्तर्राष्ट्रिय च्यानल हेर्न पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए।

‘लकडाउनले पसल बन्द छन्, रिचार्ज किन्न जान सहज छैन। मानिसलाई घरबस्दा बोर हुनसक्छ भनेर यस्तो प्याकेज ल्याएका हौं,’ उनले भने।

क्रेडिट स्पेस ग्राहक नम्बर (सेटअपबक्सको नम्बर) टाईप गरेर ३२५०० एसएमएस पठाएमा १० दिनको क्रेडिट सुचारु हुन्छ। ग्राहकको मोबाइल नम्बर दर्ता भएको छ भने ग्राहकले ९८०१११२२३३ मा मिस्कल गरे पनि क्रेडिट सेवा पाइने उनले जानकारी दिए।

यस्तै कम्पनिले सस्तो प्याकेज पनि ल्याएकाे उनले बताए। यस प्याकेज अन्तर्गत सस्तोमा सेवाग्राहीलाई अतिरिक्त पैसा नलिएर, फिल्म, समाचार लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्यानल लकडाउन अवधिभर थप गरिएको कम्पनीका म्यानेजर सापकोटाले जानकारी दिए।

कम्पनीका अनुसार १५ लाखभन्दा बढी घरधुरीमा डिश होम पुगेको छ। लकडाउनका बेला आम मानिसलाई सूचना आदानप्रदान गर्न डिश होमले सहयोगी भूमिका खेलेको कम्पनिकाे दाबी छ।

प्रकाशित मिति: : 2020-04-30 08:55:29

प्रतिकृया दिनुहोस्