बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ। मार्च २ यता २६ हजार ९७ पुगेको बेलायती विदेशमन्त्री डोमिनिक राबले बताएका हुन् ।
बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
पहिलोपटक बेलायतले कोरोनाबाट समुदाय वा स्याहार केन्द्रमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या समावेश गरेको छ। यसअघि बेलायतमा अस्पतालमा मृत्यु हुनेको संख्या मात्र गणना गरिँदै आएको थियो।
यससँगै इंग्ल्याण्डमा मात्र मृतकको संख्यामा तीन हजार ८ सय ११ थपिएको छ। अहिले थपिएका मध्ये ७० प्रतिशत अस्पतालभन्दा बाहिर र बाँकी ३० प्रतिशत अस्पतालमा मृत्यु भएका मानिसहरु थिए।