बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उहाँकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माउनुभएको जानकारी दिइएको छ ।
प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिएको बेलायती सञ्चारमाध्यमलहरुले जानकारी दिएका छन् ।
बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिए। उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए।
प्रधानमन्त्री जोनसन र उहाँकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।
प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उनलाई बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् ।
गत फेब्रुअरी महिनामा मात्र प्रधानमन्त्री जोनसनको जोडीले आफूहरुले नयाँ बच्चा पाउने अपेक्षामा रहेको जानकारी दिएका थिए ।
प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । केही दिनको अस्पताल बसाईपछि गत सोमबार मात्र उनी काममा फर्किएका थिए ।
उनले काममा फर्किएपछि दिनुभएको प्रतिक्रियामा कोरोना भाइरस बेलायती नागरिकमाथिको एक बज्रपात तथा एक अनपेक्षित घट्ना भएको बताएका थिए।
उनले यो भाइरसको संक्रमणबाट बेलायती नागरिकहरुले एक अदृश्य सत्रुबाट जीवनमा कहिल्यै नसोचेको क्षति व्यहोरिरहेको जानकारी दिएका थिए।